दुई भारतीय खेलाडीसँगै सुजन प्रतिबन्धित

काठमाडौँ - नेपाल भलिबल संघले हेल्प नेपाल स्पोर्ट्स क्लबका २ भारतीय खेलाडी विनित कुमार र रोहित कुमारसहित सुजनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको कार्यसमितिको बैठकले सेटर सुजनलाई १ वर्षको प्रतिबन्ध लगाएको छ भने २ जना भारतीय स्पाइकरलाई एनभीए क्लब च्याम्पियनसिप र एनभीए क्लब लिगमा १ सिजनको खेल खेल्न नपाउने निर्णय गरेको छ।

गत वैशाखमा भएको एनभीए राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण प्रतिबन्ध लगाईएको हो।

त्यो घटनापछि संघले महासचिव जितेन्द्र बहादुर चन्दको नेतृत्वमा छानविन समिति बनाएको थियो। सो समितिको प्रतिवेदनका आधारमा ३ खेलाडीलाई प्रतिबन्ध लगाइएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×