एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छ : नेपाल

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीले कम्युनिष्टकाे विद्राेहकाे विरासत बाेकेकाे बताएका छन्।

सुर्खेतमा आयोजित एक कार्यक्रममा पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले कम्युनिष्टकाे विरासत बाेकेकैले एमालेबाट विद्राेह गर्नुपरेकाे बताएका हुन् ।

नेकपा एमालेको चितवनमा भोलिदेखि शुरु हुने १०औँ महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको पनि उनले बताए।

उनले भने, ‘नजाने गाउँको बाटो नसोध्नु ।’ नेता नेपालले एमालेलाई प्राइभेट कम्पनीको संज्ञा दिँदै अब एमालेसँग कुनै हालतमा एकता नहुने पनि जिकिर गरे ।

‘त्यो पार्टी कम्युनिस्ट होइन, त्यहाँ एकता हुन्न,’ उनकाे भनाइ थियाे । उनले पार्टीको झण्डा जनावरको हातमा दिएको प्रति पनि कटाक्ष  गरे।

कर्णाली प्रदेशमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आउनुभएका नेता नेपालले आफूहरूले पार्टीलाई गतिशील बनाउन चाहेको बताए । उनले भने, ‘हामीले विद्रोह गरेका हौँ । हामीले कम्युनिस्ट आन्दोलनको विद्रोहको विरासत बोकेका छौँ ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×