नआउने भयो 'अला वैकुंठपुरमलो'को हिन्दी भर्सन

भारत। दक्षिण भारतीय चलचित्र ‘पुष्पा: द राइज’ प्रदर्शनमा आएपछी अभिनेता अल्लू अर्जुनको लोकप्रियता अझ बढेको छ। यो अवस्थामा उनको दुई वर्ष पुरानो चलचित्र 'अला वैकुंठपुरमलो'का प्रोड्यूसर मनीष शाहले चलचित्रलाई हिन्दी भाषामा रिलीज गर्ने तयारीमा रहेका थिए। अब यो रिलीजलाई रोकिएको छ। गोल्डमाइंसका प्रमोटर मनीष शाहले चलचित्र 'शहजादा'का निर्मातासँग गरेको छलफलबाट यो निर्णय लिएका हुन्।

अब उनले 'अला वैकुंठपुरमुलो'को हिन्दी भर्सन २६ जनवरीमा सिनेमाघरमा ल्याउने छैनन्। यो निर्णयपछी 'शहजादा'का निर्माताले मनीष शाहलाई धन्यवाद दिएका छन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×