मतदाता नामावली अद्याावधिक गरिँदै

काठमाडौँ - स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता नामावली अद्यावधिक सुरु भएको छ।

निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक एवम् दाबी विरोधका लागि कार्यक्रम सञ्चालन गरेको छ। मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने र वास्तविक मतदाताहरुको पहिचानका लागि अद्यावधिक अभियान सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए।

निर्वाचन आयोगमा तयार भएको फोटोसहितको मतदाता नामावलीमा मतदाताका नाम र विवरणमा हुनसक्ने दोहोरोपनलगायत सबै प्रकारका त्रुटिहरु सच्याउनका लागि सबै वडा कार्यालयमा नामावलीको विवरण टाँस गरिएको जनाइएको छ। फागुन २० देखि २५ गतेसम्म अभियानकै रुपमा कार्यतालिका बनाएर मतदाता नमावली प्रकाशन, दाबी विरोधसहितको अद्यावधिक गर्न लागिएको कार्यालयले जनाएको छ।

म्याग्दीमा अहिले ७८ हजार ३१८ जनाको मतदाता नामावलीको विवरण सङ्कलन भएको छ। अद्यावधिक अभियानका क्रममा मृत्यु भएका, दोहोरोपन भएकाको हटाउने र नाम, थर, उमेर लगायतका विवरणमा त्रुटि भएमा सच्याउन सकिने कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×