जेनजी आन्दोलनमा थप दुईको मृत्यु, मृतक संख्या ५० नाघ्यो

काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका दुई जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। चिकित्सक डा. राजीव झाले बताए अनुसार दुवैको टाउकोमा गोली लागेको थियो र भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन सकिएको थिएन।

गत सोमबार र मंगलबारको आन्दोलनमा ५१ जनाको मृत्यु भएको थियो। आगलागी र झडपका कारण थप शव फेला परिरहेका छन्। आज बिहान चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा ६ शव फेला परेको थियो, तर पूरै डढेकाले उनीहरूको सनाखत सम्भव भएको छैन। यससँगै मृतकको संख्या ५० भन्दा बढी पुगेको छ र अझै बढ्न सक्ने अनुमान गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×