काठमाडौँ - इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा रोमा पराजित भएको छ। रोमा घरेलु टोली उडिनेससँग ४-० ले पराजित भएको हो।
डासिया एरिनामा खेलको पाँचौं मिनेटमा डेस्टिनी उडोगोइले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा लाजर समार्डजिकले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए।
७५ औं मिनेटमा रोबर्टो पेरेराले उडिनेसका लागि तेस्रो गोल गरेका थिए। ८२ औं मिनेटमा सान्डी लोभ्रिचले गोल गर्दै घरेलु टोलीलाई ४-० को जित दिलाए।
यो जितसँगै ५ खेलमा १० अंक जोडेको उडिनेस चौथौ स्थानमा उक्लिँदा पहिलो पराजय बेहोरेको रोमा पनि समान खेलबाट १० अंकका साथ पाँचौं स्थानमा रहेको छ।