टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेः खाबी लेम

काठमाडौँ - कमेडियन खाबी लेम टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्।

यसअघि चार्ली डी अमेलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीमा थिए। उनको रेकर्डलाई २२ वर्षीय लेमले तोडेका हुन्।

लेमले टिकटकमा कमेडी भिडियोहरूमा आवाज बिना नै शारीरिक हाउभाउले प्रस्तुती दिन्छन्। मौन रहेर अभिव्यक्त हुने उनको 'रिएक्सन'ले नै उनलाई टिकटकमा सबैभन्दा लोकप्रिय बनाइदिएको छ।

अफ्रिकी राष्ट्र सेनेगलमा जन्मेका लेम हाल इटालीमा बस्छन्। उनी इटालीमा कामदारको रूपमा काम गर्थे। तर सन् २०२० को कोरोना महामारीसँगै उनले जागिर गुमाउन बाध्य भएका थिए।

जागिर गुमाएपछि उनले टिकटकमा भिडियोहरू पोस्ट गर्न थालेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×