यु-२० राष्ट्रिय टोलीको टिम व्यवस्थापकमा दीवाकर घले नियुक्त

काठमाडौँ - नेपाली यु-२० राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा दीवाकर घले गुरुङ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गुरुङलाई यु-२० टोलीको व्यवस्थापकमा नियुक्त गरिएको जनाएको छ।

महाविर क्लबका अध्यक्षसमेत रहेका गुरुङले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टोलीको व्यवस्थापन सम्हाल्नेछन्। ओडिसामा हुने प्रतियोगिता २५ जुलाई देखि ३ अगस्टसम्म हुनेछ।

साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै, नेपालले २७ जुलाईमा श्रीलंका, ३१ जुलाईमा घरेलु टिम भारत र २ अगस्टमा बंगलादेशविरुद्ध खेल्नेछ।

त्यस्तै, सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ। यु-२० एसियन कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपालले  १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ।

त्यस्तै, नेपालले १२ सेप्टेम्बरमा कतार, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइन र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×