भारत। बलिउड अभिनेत्री ऋचा चड्डा र अली फैजल लामो समयदेखि प्रेमसम्बन्धमा रहेका छन्। अब जोडी वैवाहिक बन्धनमा बाँधिने भएको छ। केहिसमय अघि देखिकै जोडीको योजना कोरोना महामारीका कारण स्थगित भएको थियो।
यसअघि सन् २०२०कोअप्रिलमा जोडीको विवाहको चर्चा चलेको थियो। खबरका अनुसार जोडी मार्च महिनामा वैवाहिक बन्धनमा बाँधिने छन्। ऋचा र अलीको आउँदो चलचित्र ‘फुक्रे ३’ को छायांकन दिल्लीमा हुनेछ। र, त्यसैबिच छुट्टी मिलाएर जोडी दिल्लीबाट मुम्बई आइ विवाह गर्नेछ।