दुबईमा ‘सास चल्छ पल पल तिम्रै मायाको’

काठमाडौँ। नेपाली चलचित्र 'गुञ्जन'को छायांकन अहिले दुबईमा भइरहेको छ। चलचित्रको एक गीतको छायांकन गर्न कलाकार सारा सिर्पाली र प्रितमराज सेन्चुरीको समुह दुबई गाएको हो। ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको उक्त गीत कविराज गहतराजले करियोग्राफीमा तयार हुँदैछ। चलचित्रका निर्देशक अष्ट महर्जन र निर्माता हिराकृष्ण महर्जन पनि दुबई गएका छन्। प्रेमकथामा आधारित चलचित्रमा सरोज खनाल, कविर खड्का, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङताङ, कञ्चन चालिसे आदि कलाकारहरुको पनि अभिनय रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×