काठमाडौँ - मलेसियामा जारी टुवान याङ टेरुतम टीवाईटी कप फुटबल प्रतियोगितामा सहभागी भएको नेपालको न्यूरोड टिम एनआरटीले आज दोस्रो खेल खेल्दैछ।
पहिलो खेलमा -१ गोल अन्तरले पराजित भएको एनआरटीले आज पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार साँझ साढे ६ बजेबाट सुरु हुनेछ।
एनआरटीले आसन्न सहीद स्मारक ए डिभिजन लिगको तयारी स्वरुप यो प्रतियोगिता खेलेको हो। यसपछि एनआरटीले थाइल्याण्डमा पनि मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्नेछ।