काठमाडौँ - सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म ‘बाबरी’ को नयाँ गीत ‘मायाका रंगहरु’ सार्वजनिक गरिएको छ। सनुप पौडेल र रचना रिमालको स्वर रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत रहेको छ।
यो गीतको भिडियोमा फिल्मका मुख्य २ कलाकार अदिती बुढाथोकी र धीरज नाडकरको प्रेम गीतमा देख्न सकिन्छ। फिल्ममा अभिनेता धीरज मगर मुख्य भूमिकामा रहेका छन्।
पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीको लगानी रहेको फिल्ममा सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको लेखन, नरेन्द्र मैनालीको छायांकन, अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।
फिल्मको २ वटा गीत सुपरहिट भैसकेका छन्।