बंगबन्धु रग्बी सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ - बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरिएको छ। नेपाल रग्बी संघले शुक्रबार २२ खेलाडी र तीन पदाधिकारीसहित २५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको हो।

नेपालले बंगलादेशविरुद्ध दुई सेभेन ‘ए’ साइड र एक १५ ‘ए’ साइड खेल खेल्नेछ। 

नेपाली टोलीमा- सुरज चौधरी, शेरबहादुर वली, विक्रम भारती, रोशन घर्ती, निरोज कार्की, विक्रम पुरी, नविन महर्जन, श्री राम श्रेष्ठ, विराट श्रेष्ठ, विबेश बासु, सञ्जिव कुँवर, प्रेमबहादुर कोइराला, रमितबहादुर मल, यदु अधिकारी, अमरसिंह श्रेष्ठ, कृष्ण क्षेत्री, सुमन चौलागाई, पुजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल, हुतराज प्रधान रहेका छन्।

प्रशिक्षकमा-राज टंक गिरी, व्यवस्थापकमा-गोपाल क्षेत्री, फिजियोमा-लक्ष्मण अधिकारी रहेका छन्। 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×