पूर्णशंकर टेबलटेनिस आजदेखि

काठमाडौँ - स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता मंगलबार सुरु हुँदैछ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४०, ५० र ६० वर्षमाथि गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने संयोजक तथा आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन्।

टिम स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ। पुरुष/महिला सिंगल्समा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र समान ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार छ। पहिलोले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने २ जनाले समान २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन्।

टिम च्याम्पियनले रनिङ सिल्ड जित्नेछ। पहिलो संस्करणमा विराटनगर महानगरपालिका-३ च्याम्पियन बनेको थियो। प्रतियोगितामा ५ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेलप्रेमी पूर्णशंकर श्रेष्ठ छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×