काठमाडौँ - एसीसी महिला टि-२० क्रिकेटमा नेपाल हङकसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएकाे ११० रनकाे लक्ष्य हङकङले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे थियोे। मारिकाे हिलले ४५ रन बनाउदा नतासा मिल्सले २८ रनकाे याेगदान गरिन्।
नेपालका लागि संगिता राईले २ विकेट लिदा सिता रानामगरले १ वकेट लिईन्। पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो।
नेपालका लागि रुविना क्षेत्री र अप्सरी बेगमले नटआउट पारि खेले। रुविनाले ३२ तथ अप्सरीले २२ रन बनाए।
यसैगरी बिन्दु रावल २३ रनमा पभेलियन फर्किइन्। सीता रानामगरले ९ रन बनाउदा ममता चाैधरीले ९ तथा कबिता जाेशीले ४ रन बनाइन्। बेटि चानले हङकङका लागि २ विकेट लिइन्।
हङकङसँग नेपाल पराजित भए पनि सेमिफाइनलमा पुगिसकेको छ।