हलिउड फिल्म ‘जुरासिक वर्ल्ड’मा नेपाली हस्तकला (भिडियो)

काठमाडौँ - प्रतीक्षित फिल्म ‘जुरासिक वर्ल्ड’को आगामी श्रृंखलामा नेपालमा उत्पादित केही हस्तकलाका सामग्रीलाई पनि देख्न पाइने भएको छ।

विश्व प्रतिष्ठित रिटेलर ब्रान्डहरु अकम्प्यानी र टेन थाउजन्ड भिलेजले यो ब्लकबस्टर फिल्मसँग टेबुलवेयर, टेक्सटाइल र एस्सेसरिज व्यवस्थापनलाई लिएर सम्झौता गरेका छन्।

नेपालमा बनेका यी उत्पादनको मूल्य १३ देखि १०० अमेरिकी डलर पर्ने र ती कम्पनीको वेबसाइटमार्फत सामग्री खरिद गर्न सकिने जनाइएको छ। फिल्मका पात्रको आकारमा निम काठको थाल, दाँतका डिजाइनको हातले बनाइएको काठको कचौरा, बाँसका फ्ल्याटवेयर र केही टेबुलवेयरलाई बिक्रीमा राखिएको छ।

फिल्मको चर्चित आइकोनिक लोगोलाई पनि ती वस्तुमा प्रिन्ट गरिएको छ।

जुरासिक वर्ल्डको छैटौं श्रृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ आगामी जुन १० मा नेपालसहित विश्वभर रिलिज हुँदैछ। यो सिक्वेललाई श्रृंखलाकै अन्तिम फिल्म बताइएको छ। क्रिस प्राट फिल्मका मुख्य अभिनेता हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×