काठमाडौँ - नेपाली युवा मिडफिल्डर आशिष राईले भारतको केरेला प्रिमियर लिग खेल्ने भएका छन्। नेपाल यू-२० टोलीका सदस्य आशिषलाई केरेलाको डनबस्को फुटबल एकेडेमीले आगामी लिगका लागि अनुबन्ध गरेको हो।
आशिषले अक्टोबरमा भएको यू-२० साफ च्याम्पियनसिप र गत महिना बहराइनमा भएको एएफसी यू-२० एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए। आशिष घरेलु लिगमा भने च्यासल युथ क्लबसँग आबद्ध रहेका छन्।
७८ साल माघ तेस्रो साता अफ्रिकन राष्ट्र मौरिसससँग नेपालले मैत्रीपूर्ण खेल खेल्दा आशिष टोलीमा समावेश थिए। गत वर्ष नेपाली यू-२३ टोलीका डिफेन्डर अभिषेक लिम्बूले पनि डनबस्कोबाट खेलेका थिए।