काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका नेताहरू सहभागी छन् । छलफलमा सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरु समेत छन् ।
छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् । यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र सहमहामन्त्री जीवन परियार सहभागी छन् । यस्तै नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् ।