सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी

काठमाडाैँ - समाचार लेखेकै भरमा पत्रकारलाई ‘कानको जाली फुटाउने’ धम्की दिएपछि विवादमा तानिएका निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। चलचित्र पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध बिहीबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन्।

श्रेष्ठले ‘सम्हालिन्छ कहिले मन : टिकट फ्रि हुँदा पनि हल सुनसान’ शीर्षकमा सामाचार खेलेपछि दिर्नेशक थापाले पत्रकार श्रेष्ठलाई फोनमा ‘कानको जाली फुटाइदिने’ धम्की दिएका थिए। सुदर्शनले दिएको धम्कीको अडियो उनले सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका थिए।

जिल्ला प्रशासन कार्यलयबाट सिफारिस ल्याएर महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता गराएको उनले बताएका छन्। ‘आजै टेकु पुगेर उजुरी दर्ता गराएको छु, महानगरीय प्रहरी परिसरले गौशाला प्रहरी वृत्तमा पठाएको छ,’ उनले भने।

श्रेष्ठ सामाजिक सञ्जालमा स्टाटस खेल्दै धेरै मानसिक तनाव खेपेपछि आफू उजुरी दिन बाध्य भएको उल्लेख गरेका छन्। ‘जति पटक त्यो अडियो मेरो कानमा पर्छ त्यति पटक नै मलाई डोमिनेट फिल भैरहेको छ,’ उनले खेलेका छन्, ‘धेरै जनासँग सल्लाहा लिएँ, धेरैको कुरा सुनेँ। तर, म डोमिनेट फिल गरेर बस्न सकिनँ।’

पत्रकार श्रेष्ठले कसैसँग दुस्मनी गर्न नभइ आत्मासम्मानको लागि उजुरी दिएको बताएका छन्। उनले भने, ‘साँचो बोल्दा र लेख्दा कोही यसरी डोमिनेट हुन नपरोस् र कसैमाथि यस्तो धम्की नआओस् भन्नका लागि पनि प्रहरीमा उजुरी दिएको हुँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×