नेपालका बलिङ प्रशिक्षक धम्मिका स्कटल्याण्ड जाँदै

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन्।

क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन्।

उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग-२ का लागि भने जान पाएका थिएनन्। 

लिग-२ शृंखला २६ असारदेखि १ साउनसम्म स्कटल्याण्डको ग्लास्गो र अयरमा हुनेछ जसमा नेपालले ४ खेल खेल्नेछ। नेपालले पहिलो खेल २७ असारमा नामिबियासँग खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×