चोटका कारण बुमराहले एसिया कप गुमाउने

काठमाडौँ - भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले ढाडमा लागेको चोटका कारण एसिया कप गुमाउने भएका छन्। चोटबाट मुक्त हुनका लागि केही समय आराम गर्नुपर्ने भएकाले उनले एसिया कप खेल्न नपाउने भएका हुन्।

‘जसप्रित बुमराह ढाडमा लागेको चोटका कारण एसिया कप खेल्ने छैनन्। उनी हाम्रो मुख्य बल हुन्। हामी उनी टी-२० विश्वकप अघि खेलमा फर्किउन् भन्ने चाहन्छौँ। हामी एसिया कप लागि जोखिम मोल्न चाहँदैनौँ,’ एक शीर्ष बीसीसीआई अधिकारीले पीटीआईसँग भने।

बुमराहले पछिल्लो पटक इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला खेलेका थिए। उनलाई वेस्ट इन्डिज र जिम्बावेविरुद्धको शृङ्खलाका लागि आराम दिइएको छ। गत हप्ता पीडा बढेपछि उनले परीक्षण गराएका थिए। जहाँ ढाडमा समस्या देखिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×