भारत। बलिउडमा अहिले विवाहको लहर नै चलेको छ। केहि समयमै बिभिन्न कलाकारहरू वैवाहिक बन्धनमा बाँधीएका छन् भने केहि तयारीमा रहेका छन्। यसैबिच टेलिभिजनकी नागिन मौनी रोय पनि वैवाहिक बन्धनमा बाँधिने खबर आएको छ। उनले प्रेमी बैंकर सुरज नान्बियारसँग विवाह गर्ने भएकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको जोडीले वैवाहिक बन्धनमा बाँधिने निर्णय लिएको हो। खबरका अनुसार विवाह दुबई या इटालीमा हुनेछ। विवाह आगामी २७ जनवरीमा हुनेछ। जसको प्रक्रिया २५ र २६ जनवरीमा सुरु हुनेछ। माैनीले नागिन टेलीशृंखलामा नागिनको भूमिका निभाएर ख्याती कमाएकी हुन्।