लोकेन्द्र बञ्जारा [गजल]

काठमाडौँ। गजलकार लोकेन्द्र बञ्जाराको जन्मस्थल जलजले,तेह्रथुम रहेको छ। बुबा नेत्र प्रसाद तथा माता पुन्यमाता बञ्जाराका छोरा लोकेन्द्रले आफ्नो लेखन यात्रा  २०५५/५६बाट सुरु गरेको सम्झनुहुन्छ।

मुख्यतः साहित्यको गजल विधामा कलम चलाउने लोकेन्द्र गजल बिधाका विवादका बारेमा बोल्नु पर्दा "गजल बिधामा विवाद होला। तर स्वस्थ भए बिधा बढ्छ, नबुझि हो हल्ला र लह लहैमा गरिएको लालची तर्कले हानी मात्र पुर्याउँछ। त्यता नजाउँ। जस्तो आउँछ लेख्नेले मात्र जित्छ। सृजनाबिना कसैले सम्झिदैन" भन्नुहुन्छ। 

त्यसैगरि लेखनले घरखर्च चल्छ/चल्दैन? भन्ने प्रश्नमा वहाँ भन्नुहुन्छ "लेखेर घर खर्च नै टार्ने दिन आइसकेको छैन। हाम्रोमा साहित्य पेशाकै अबस्थामा आउने दिन नआउला केरे। आइहाल्यो भने पनि कमसेकम दुईचार दशक कुर्नु पर्ला।"

उनै गजलकार लोकेन्द्र बञ्जाराका दुई गजल

१.तिम्रो सिँउदोमा रातो भएर त्यसै पोतिएँ म।
कहाँ पुगेँ कहाँ पुग्नलाई  हिडेँको थिएँ म।

कुन सूदामाको पैतालो भेटेंछु मालिक पनि,
जतिचोटी चुडिंए उति नै चोटि गासिएँ म।

कुनै  स्वार्थिको हातले टेकेको लौरो रहेछु,  
जंघार तरिसकेपछी बगरमाथि छोडिएँ म।

कसको चाह हो यो न मेरो हो न उनको हो,
नुनिलो स्वादमा आफ्नै आँखामा भरिएँ म।

प्रार्थनाको लागि धन्यवाद छ,ओ दुस्मनहरु हो,
धन्न सत्र अभागी बाउ हुनबाट जोगिएँ म।

२.खाप्सियोले मुटु  छेडेर म ठिकै छ भन्न गाह्रो हुने
आउला के दिन आँखाको हिलोआली मैजारो हुने

 छेपारो मान्छे हुन कहाँ सक्नु जाबो त्यस्को शक्ति,
 मान्छे हो बरु एकैछिनमा गजबको छेपारो  हुने।

 म त रोएको पनि पैसै तिरेरै रोइरहेछु आजसम्म,
 एउटा हाँसो मात्रै हो मेरो त सधैँ सधैँ उधारो हुने

 काम गर्नेहरूको क्या उज्यालो हुन्छ मुख हेर त,
 नगर्नेहरूको हो पृय जैलै  लाजले अँध्यारो हुने।

तिमी मेरो परिचय नखोज,भयो बिर्सिदेउ मलाई ,
म त्यै आफ्नो हुँ तिम्रो तिमीलाई लाजको पसारो हुने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×