सलमान खानको 'टाईगर ३' २०२३को ईदमा आउने

भारत। बलिउड अभिनेता सलमान खानले आफ्नो बहुप्रतिक्षित चलचित्रमध्ये एक 'टाईगर ३'को प्रदर्शन मिती घोषणा गरेका छन्। चलचित्र 'टाईगर ३' ईद २०२३ यानीकी २०२३ अप्रिल २१ तारिखबाट सिनेमाघरमा आउनेछ। अभिनेता सलमान खानले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन्। उनले चलचित्रसँग सम्बन्धित एक टिजर पनि सार्वजनिक गरेका छन्।

सलमान खानले चलचित्र ‘टाइगर ३’टिजर शेयर गर्दै लेखेका छन् ‘हामी सबै आफ्नो ख्याल राखौँ..टाइगर ३ ईद २०२३मा आउनेछ। सबै त्यहाँ उपस्थित रहनुहोला। चलचित्र हिन्दी, तमिल र तेलुगुमा रिलिज हुनेछ। 'टाइगर ३' २१ अप्लरिल २०२३का दिन तपाईको नजिकैको सिनेमाघरमा रिलिज हुनेछ।’ चलचित्रको टिजरमा केटरीना केफ र सलमान खानलाई गजबको भूमिकामा देख्न सकिन्छ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×