काठमाडौँ - इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच जारी ३ खेलको टेस्ट सिरिजमा घरेलु टोली इंग्ल्यान्ड इनिङ र ८५ रनले विजयी भएको छ। जितसँगै इंग्ल्यान्डले सिरिजलाई १-१ को अवस्थामा ल्याएको छ।
४ सय १५ रन बनाएर पहिलो इनिङ समाप्ति गरेको इंग्ल्यान्डविरुद्ध ब्याटिङ गरेको दक्षिण अफ्रिका दोस्रो इनिङमा १ सय ७९ रनमा समेटिएपछि इंग्ल्यान्डले एक इनिङ बाँकी रहँदै ८५ रनको जित निकालेको हो।
यसअघि पहिलो टेस्टमा दक्षिण अफ्रिका इनिङ र १२ रनले विजयी भएको थियो। यी दुईबीचको तेस्रो टेस्ट ओभलमा ८ सेप्टेम्बरमा हुनेछ।