काठमाडौँ - अभिनेत्री ऐश्वर्या राय बच्चन ४ वर्षपछि फिल्म अभिनयमा कमब्याक गर्दैछिन्। उनी मणिरत्नमको फिल्म ‘पोन्नियिन सेलवन’ बाट अभिनयमा फर्किन लागेकी हुन्। फिल्ममा उनको दोहोरो भूमिका रहेने भएको छ।
२ मध्य १ पझुवुरको राजकुमारी नन्दिनीको भुमिका रहेको छ, भने अर्काे मन्दाकिनी देवीको रहेको छ। फिल्ममा चियान विक्रम ‘आदित्य करिकालन’ र कार्थी ‘वन्थियाथेवन’ को भुमिकामा देखिँदै छिन्।
निर्माण युनिटले फिल्मको ऐश्वर्या राय बच्चनको पोष्टर समेत सार्वजनिक गरेको छ।
तमिल, हिन्दी, तेलूगू, मलयालम र कन्नड भाषामा ३० सेप्टेम्बरमा रिलिज हुने फिल्म ‘पोन्नियिन सेलवन’ मणिरत्नमको ड्रीम प्रोजेक्ट हो। यो फिल्मलाई फ्लोरमा ल्याउन उनलाई १ दशक भन्दा बढी समय लागेको थियो।
फिल्ममा चियान विक्रम, तृषा, कार्थी, ऐश्वर्या राई बच्चन, जयम रवि, प्रकाश राज, सरथकुमार, ऐश्वर्या लक्ष्मी र शोभिता धुलिपलाको मुख्य भूमिका रहने भएको छ।