काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'तक्दिर' सार्वजनिक भएको छ। गीतमा करण ओली शिशिरको शब्द, रोशन सिंहको संगीत र बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा करण ओली शिशिर, सुप्रिया खनाल र संगम मल्ल ठकुरीको प्रस्तुती रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'ए प्लस'मा उपलब्ध छ।
भिडियो: