‘राउडी राठौर’को सिक्वेल बन्ने पक्का

काठमाडौँ।  फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादका अनुसार बलिउड अभिनेता अक्षय कुमारको हिट फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ। विजयेन्द्र आफैँ यसको सिक्वेल लेखिरहेका छन्। उनका भनाई अनुसार सञ्जयलीला भन्सालीले उनलाई सिक्वेल लेख्नका लागि प्रस्ताव गरेका थिए। उनले नै यसको ओरिजिनल तेलुगू फिल्मको कथा लेखेका हुन्। 

फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिने छन्। फिल्मको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×