चितवन राष्ट्रिय निकुञ्जद्वारा २० गोही राप्ती नदीमा स्थानान्तरण

काठमाडौँ - चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक संस्थाले मात्र सम्भव नभएकाले सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएकि छन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यलगायतले सबैको साथ र सहयोगकै कारण संरक्षण सम्भव भएको जनाउँदै आगामी दिनमा निकुञ्ज र जनताको बीचको सम्बन्ध अरु बढी प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका छन्।

कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गण, सेनाको शिक्षालय, मध्यवर्ती उपभोक्ता सामुदायिक वनलगायतको प्रतिनिधिको सहभागिता रहेको थियो। यस वर्ष वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले मङ्सिर १९ गते राप्ती नदीमा १२ गोही छाडेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। निकुञ्जले यस आर्थिक वर्षमा १०० गोही छोड्ने लक्ष्य लिएकोमा राप्ती नदीमा ६७, नारायणीमा २० र कोशीमा २० गोही गरी १०७ गोही छाडेको छ। आज मात्र राप्तीमा दुई भाले र १८ पोथी गोही छाडिएको हो।

सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार आज छाडिएकोसहित हालसम्म विभिन्न नदीमा एक हजार ६९२ गोही छाडिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×