गुल्मीको मदाने गाउँपालिकामा १० मतान्तरले कांग्रेसका कुँवर विजयी

गुल्मी - मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली कांग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याएका छन् । 

उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जीत हासिल गरेकी छन् । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाटै नेकपा(माओवादी केन्द्र)का वेगम चन्दले चार हजार २११ मत प्राप्त गरेका छन् । गाउँपालिकाका सात वडामध्ये १, ३, ४, ६ र ७ वडामा कांग्रेस एवम् वडा नं २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×