एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष आर के शर्माले रु २१ लाख प्रदान गर्ने  

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन् । उनले  आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँप्रदान गर्ने घोषणा पनि गरेका छन् । 

शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरुलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ ।

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे । उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सक्दो सहयोग गर्न आफुहरुले काम गर्ने बताए । 

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदी ले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले रु ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ, उपाध्यक्ष  गोविन्द श्रेष्ठ ’रोविन्द’ ले ३ लाख, कृष्ण जीवि पन्थ ले रु २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।  त्यस्तै उपाध्यक्ष डा केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपियाँ प्रदान गर्ने जनाए । 

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबार सम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए । कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिंदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए । भूकम्प पीडितहरुका लागि संसारभरिका एनआरएनहरुबाट सहयोग आउने क्रम जारी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×