ट्रेलरमा बलात्कार, हत्या तथा बदलाको कथा बोक्ने फिल्म ‘पासो’

काठमाडौँ - बी.आर. इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको नयाँ नेपाली फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक भएको छ।

आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुने यो फिल्ममा चलचित्रमा रिष्ता बस्नेत, सुनिषा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका रहेको छ। फिल्मको ट्रेलरमा काठको बाकस भित्र थुनिएकी यूवतीको कथा देखाइएको छ।

सुर्य दयालुको संगीत रहेको यो फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी.पुनको छ। भने भगवान भूजेलको लगानी छ। उत्तम हुमागाँइको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी रहेको छ।

यो फिल्मले बलात्कार, हत्या तथा बदलाको कथा बोकेको छ।‘पासो’ का कार्यकारी निर्माता राजकुमार राउत हुन्। यो फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×