काठमाडौँ - ३३ वर्षीय ब्रिटिश फाइटर टाइसन फ्युरीले शनिबार वेम्बलीमा ९४ हजार फ्यानहरूका अगाडि डिलियन ह्वाइटको छैटौं चरणको नकआउटपछि आफ्नो उपाधि यात्रालाई पूर्ण विराम दिँदै सन्यास लिने जानकारि दिएका छन्।
बुधवार पियर्स मोर्गनको कार्यक्रममा बोल्दै, फ्युरीले आफ्नो परिवारसँग धेरै समय बिताउन बक्सिङ छोड्ने निर्णय गरेको बताए।
“म सँग धेरै पैसा छ, कीर्तिमानहरु छन्, म यो सब आफ्नो परिवारका लागि गदैंछु। मैले गर्न सक्ने अरू केही छैन’ टायसन फ्युरीले डिलियन व्हाइटलाई हराएपछि रिटायर हुने कुरा गरे। तर फ्युरी भन्छन् कि उनी आफ्नो सन्यास लिने निर्णयबाट खुसी छन्। उनी थप्छन् “बक्सिङ एक खतरनाक खेल हो, म जितका साथ आफ्नो पदत्याग गर्दैछु। म अपराजित छु र इतिहासमा अपराजित हेभीवेट च्याम्पियनबाट सन्यास लिने जीमी वाइल्डपछि दोस्रो व्यक्ति हुँदैछु। मैले जे जति गरें, त्यसमा म धेरै खुसी र सन्तुष्ट छु।” टाइसन भन्छन्, “मेरो ध्यान आफ्नो परिवारमा छ, मलाई व्यक्तिगत समय चाहिएको छ। मैले सधैं भन्ने गर्थेँ, म आफ्नो करियरभरि बक्सिङ्गको शीर्षस्थानमा हिँड्न चाहन्छु, र म खुसी छु कि म आफ्नो शर्तमा सधै उभिन सकेँ।”
टाइसन फ्युरीका उपलब्धीहरु:
१. दुई पटकको विश्व हेवीवेट च्याम्पियन,
२.२०२० मा डिओन्टे वाइल्डरलाई हराएर डब्लुबीसी जिते,
३.उनले २०१५ मा व्लादिमिर क्लिटस्कोलाई हराएर आइबिएफ, डब्लुबिएफ,आइबिओ र रिङ्ग टाइटल जितेका थिए।