काठमाडौँ। नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मान र प्रोत्साहनका लागि ‘फष्ट फ्लाएर्स फिल्म अवार्ड ०७९’ आयोजना गरिने भएको छ। यो अवार्ड कार्यक्रम साइमन फिल्मस्ले मुम्बईको डिजाइनमा ओजश फिल्मस् एन्ड इन्टरटेन्टमेन्टसँग सहकार्य गर्दै आयोजना गर्न लागेको हो।
काठमाडौँमा आइतबार एक कार्यक्रमकाबीच यो कुराको घोषणा भएको हो। कार्यक्रममा वर्ष २०७६, ०७७ र ०७८ का चलचित्र समेटिने आयोजक साइमन फिल्मस्ले जनाएको छ। दुई दर्जन बढी विधा समेटिने कार्यक्रम आगामी बैशाख २४ गते आयोजना हुने जनाइएको छ। कार्यक्रम विराटनगरमा आयोजना गरिनेछ।
विराटनगरमा नेपाली भन्दा बढी बलिउड चलचित्र प्रदर्शन हुने भएकाले नेपाली चलचित्रको प्रवर्धनका लागि अवार्ड कार्यक्रम सो ठाउँमा आयोजना गर्न लागिएको बताईएको छ। कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला. अभिनेता सरोज खनाल. निर्देशक जनकदीप पराजुली आदि व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। अवार्ड कार्यक्रमको निर्णायक भने गोप्य राखिने बताईएको छ।