अष्ट्रेलियाद्धारा इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज क्लिनस्वीप

काठमाडौँ - अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ। मंगलाबार भएको खेलमा आष्ट्रेलियाले इङ्ल्यान्डलाई डीएलएस पद्धतीमा २२१ रनले हराउँदै सिरिज जितेको हो।

अष्ट्रेलियाले सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा ७२ रनले हाराएको थियो। अष्ट्रेलियाले जितको लागि दिएको ३६४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३१.४ ओभरमा १४२ रनमा अल आउट भयो। इङ्ल्यान्डका ओपनर जेसन रोयले सर्वाधिक ३३ रन बनाएका थिए। त्यस्तै जेम्श भिन्स २२ रन बनाउँदा मोईन अलीले १८ रनको योगदान गरेका थिए।

अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिएका थिए। त्यस्तै प्याट कमिन्स र शेन एबोटले २/२ विकेट लिएका थिए। जोश हेजलवुड र मिचेल मार्शको नाममा समान १ विकेट रह्यो।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३५५ रन बनाएको थियो। वर्षाको कारण खेल २ ओभर घटाइएको थियो।

इङ्ल्यान्डले डीएलएसका आधारमा उक्त लक्ष्य पाएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×