काठमाडौं । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन्।
केही बेरमा प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ।
बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो ।
त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो । सोहीबारे जानकारी लिन प्रधानमन्त्री विमानस्थल जान लागेका हुन् ।