म्याच फिक्सिङको हल्ला भ्रामक हो: क्यान

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको हल्ला भ्रामक रहेको बताएको छ। यसैगरी क्यानले उक्त विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ। क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए बुझाउन क्यानले अनुरोध गरेको छ।

‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो। यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×