काठमाडौँ। गायन रियालिटी शो 'द भ्वाइस किड्स'बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'चरी भरर' बोलको उक्त गीतमा शिभ विश्वकर्मा र शिशिर भण्डारीको पनि आवाज रहेको छ। गीतमा शिशिर भण्डारीको शब्द तथा संगीत रहेको छ भने पुस्कर सुनुवारको संयोजन रहेको छ।
सन्तोष राजबाहकको निर्देशनमा तयार भएको गीतको भिडियोमा शिशिर भण्डारी, टेरेसा विश्वकर्मा, शिभ विश्वकर्मा, राम बि.डी विश्वकर्मा, दिपेन्द्र सोनाम, निकोलस अर्याल, श्रद्धा गौतम, सुजाता पाण्डे र क्रिस्टी पाण्डेलाई देख्न सकिन्छ। गीतको भिडियो युट्युब च्यानल 'नयाँ नयाँ न्युज नेपाल'मा उपलब्ध छ।
भिडियो: