एनआरटी र कारो एफसी भिड्दै

काठमाडौँ - ‘प्रि-सिजन’ तयारीका लागि मलेसिया र थाइल्यान्ड भ्रमणमा रहेको न्युरोड टिम एनआरटी क्लबले इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको पिनाङ एफसीको मैदानमा हुने खेल नेपाल समयअनुसार बिहीबार साँझ पौने सात बजेबाट सुरु हुनेछ। एनआरटीको कप्तान डिफेन्डर रन्जित धिमालले गर्नेछन्।

मलेसियामा जारी टीवईटी कप-२०२२ प्रतियोगितामा एनआरटीको यो पहिलो खेल हो। प्रतियोगितामा भने यो दोस्रो खेल हो।

उद्घाटन खेलमा घरेलु टोली पेनाङ र कारो युनाइटेड एफसीले १–१ गोलको बराबरी खेलेका छन्। ३ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

प्रतियोगितामा सहभागी हुन मछिन्द्रको ५ विदेशी खेलाडीसहित ३० सदस्यीय टोली मलेसियामा रहेको छ। यसपछि टिमले थाइल्यान्ड भ्रमणमा रहनेछ। जहाँ टिमले २ खेल खेल्ने तालिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×