काठमाडौँ- विभागीए क्लव नेपाल पुलिस क्लवले काठमाण्डौंमा जारी आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल लिगमा महिला तर्फ लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ।
दोस्रो जित निकाल्ने क्रममा पुलिसले एभरेष्ट भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। पुलिसले एभरेष्ट क्लवलाई २५–१८, २५–१९ र २५–१४ले पराजित गरेको हो।
यो जितसँगै पुलिसले २ खेलबाट ६ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ।