काठमाडौँ। 'भ्यालेन्टाइन डे' नजिकिँएसँगै प्रेमिल गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसैबिच गायक प्रदीप धमलाको नयाँ गीत ‘सुनन’ सार्वजनिक भएको छ। युवाको प्रेम समेटिएको गीतको भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय रहेको छ। त्यसैगरि गीतमा गायक धमलाकै शब्द तथा संगीत रहेको छ।
शिवम् रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा ‘द डान्स सोर्स’ समूहको समेत प्रस्तुति रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ओपीडि ट्युन्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो: