काठमाडाैँ - निर्वाचन आयोगले हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ।
बागमती प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ।
बागमती प्रदेशमा ७ वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन्। राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ७ सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १-१ सिटमा विजय हासिल गरेका छन्।