काठमाडौँ - आयोजक कतारले फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो खेलमा सेनेगलविरुद्ध खेल्दा उसलाई जित्नै पर्न दबाब हुन्छ। समूह 'ए' मा रहेको कतारले समूह चरणको दोस्रो खेल सेनेगलविरुद्ध अल थुमामा स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट खेल्नेछ।
पहिलो खेलमै इक्वेडरसँग २-० को पराजय भोगेपछि निराश बनेको कतारमाथि दोस्रो खेलमा जित हात पार्नै पर्ने परेको हो। यस खेलमा पराजित भए कतार समूह चरणबाटै बाहिरिने सम्भावना रहन्छ।
अर्कोतर्फ अफ्रिकी मुलुक सेनेगल पनि पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० ले नै पराजित भएको थियो। सेनेगल पनि कतारलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्न चाहन्छ।