दक्षिण अफ्रिकामाथि भारतको जित

काठमाडौँ - पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई आठ विकेटले हराएको छ। यस जितसँगै ३ खेलको शृंखलामा भारतले १-० को अग्रता लिएको छ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य भारतले १६.४ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको हो। भारतका ओपनर केएल राहुलले अविजित ५१ र सूर्य कुमार यादवले अविजित ५० रन जोडेका थिए।

यसअघि टस हारेर ब्याटिङका लागि आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रनको योगफल बनाएको थियो।

दक्षिण अफ्रिकाका केशव महारेजले सर्वाधिक ४१ रन बनाएका थिए। यस्तै, आइदेन मार्करमले २५ र वेनी पर्नेलले २४ बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिएका थिए। यस्तै, दीपक चहर र हर्षल पटेलले समान २ विकेट लिँदा अक्षर पटेलले १ विकेट हात पारेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×