भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। बोर्डको अध्यक्ष बन्न अयोग्य भएको भन्दै बिहीबार केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार नरेश कुमार  पौडेलसहित ५ जनाले केसीलाई नियुक्ति गर्ने सरकारको निर्णय खारेजको माग गर्दै रिट दायर गरेका हुन्।

विकास बोर्डको अध्यक्ष हुनलाई स्नातक उत्तिर्ण हुनुपर्ने प्रावधान भएपनि केसीले प्रमाण पत्र तह मात्रै उत्तिर्ण गरेको रिटमा दावी गरिएको छ।

गत साउन ९ गते बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×