एमसीसी संसद्‍मा पेस गरेर सरकारले जनतालाई धोका दियो - भीम रावल

काठमाडौँ - एमसीसीमाथि सरकारले गरेको व्याख्यात्मक घोषणा व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको नेकपा एमालेका नेता भीम रावलले टिप्पणी गरेका छन्। आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको बीचमा एमसीसीमा अनुमोदन गरिन लागिएको भन्दै आपत्ति जनाए।

उनले कानुनको अभावमा यो संझौता पेस नै गर्न नमिल्ने भएको बताए। उनले एमसीसी दुई पक्षीय सम्झौता भएकाले नेपालले मात्र गरेर केही नहुँने र यो ठग पत्र बाहेक अरु केही नभएको टिप्पणी गरे। सरकारले निर्लज्जताका साथ काम गरिरहेकोले इतिहासमा यो कलंकको रुपमा रहने बताए।

उनले नेपाली जनताले सार्वभौम सम्पन्न यो संसद्‍बाट निर्लज्जताको काम गरेको भन्दै यो कलंकका रुपमा दर्ज हुने बताए। उनले आधा घन्टा समय दिने भएमा एमसीसी कसरी राष्ट्रघाती छ भनेर प्रमाणित गरिदिने चुनौती पनि दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×