हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा नेपाली काँग्रेसका वडा सभापति पक्राउ

काठमाडौँ-  हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा नेपाली काँग्रेसका वडा सभापति पक्राउ परेका छन्। नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका हुन्।

काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६ अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×