काठमााडौँ - फ्रेन्च मिडफिल्डर पउल पोग्बा इटालियन क्लब युभेन्ट्स फर्कने पक्का भएकाे छ। म्यानचेस्टर युनाइटेडसँगको सम्झौता समाप्त भएसँगै फुकुवा भएका पोग्बालाई युभेन्टसले ‘फ्रि ट्रान्सफर’ मा भित्र्याउने निश्चित भएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई पक्षबीच सम्झौताको सम्पूर्ण तयारी भइसकेको छ। पाेग्बा अहिले बिदामा छन्। उनि बिदाबाट फर्किनासाथ दुई पक्षबीच सम्झौता हुनेछ। सार्वजनिक खबरहरूका अनुसार सम्झौताको आधिकारिक घोषणा केही दिनमै हुनेछ।
पोग्बा ६ वर्षपछि इटालियन क्लब फर्किन लागेका हुन्। उनी सन् २०१६ मा तत्कालिन कीर्तिमानी मूल्य ९० मिलियन युरोमा इङ्लिस क्लब आएका थिए।
त्यसअघि पोग्बाले सन् २०११/०१२ को सिजन युनाइटेडमा नै बिताएका थिए। उनले ओल्ड ट्राफाेर्डमा ६ वर्ष बिताउँदा १५४ प्रिमियर लिग खेलमा २९ गोल गरेका थिए।