ज्याक्लिनले मागिन् विदेश यात्राको अनुमति

काठमाडौँ- बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डिजले विदेश यात्राको लागि अनुमति मागेकी छिन्। उनले बुधबार दिल्लीको पटियाला अदालतमा १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन्।

उनले युएईको अबुधाबी,नेपाल र फ्रान्स यात्राको लागि अनुमति मागेकी हुन्। उनी अबुधाबीमा आइफा अवार्डमा सहभागी हुनेछिन् भने नेपालमा दबंग टुरमा। यसका लागि उनले अदालतबाट विदेश यात्राको अनुमति लिनुपर्ने छ। 

 वकिल अजित सिंहले ज्याक्लिनलाई राहदानी फिर्ता दिन पनि माग गरेको बताएका छन्। ‘वर्तमान मुद्दाको तथ्य र परिस्थितिलाई ध्यानमा राख्दै यो निवेदन दायर गरिएको हो।’ वकिल सिंहले कुराकानीका क्रममा भनेका छन्। वकिल सिंह एक्ट्रेस फर्नान्डिसका कानुनी सल्लाहकार समेत हुन्। सन् २००९ देखि भारतमा बसेर बलिउडमा सक्रिय ज्याक्लिन भारतकी नभई श्रीलंकाकी नागरिक हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×