काठमाडौँ - यो साता शुक्रबार 'हिजो आजका कुरा' प्रदर्शनमा आएको छ। साकार पन्त निर्देशित फिल्मको शीर्षक सन्तोष पन्तको निकै रूचाइएको टेलिश्रृंखलाको नामबाट सापटी लिइएको हो।
निर्देशक साकार सन्तोषका छोरासमेत हुन्। कमेडीमा विधामा बनेको यस फिल्ममा सन्तोष पन्त, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्य देव लगायतको अभिनय रहेको छ।
यससँगै यो साता प्रदर्शनमा बलिउड फिल्म 'डक्टर जी' र जापानिज एनिमे 'वान पिस रेड' प्रदर्शनमा आएको छ। अनुभूति कश्यप निर्देशित 'डाक्टर जी'मा अभिनेता आयुष्मान खुराना, रकुलप्रित सिंह र सेफाली शाहको अभिनय छ। त्यस्तै, कन्नड फिल्म 'कांतारा' पनि यही साता प्रदर्शनमा आएको हो।